अर्थमन्त्री शर्माले खारेज गरे ओलीले अघि बढाएका १४ सय सडक आयोजना « Nagarik Khabar

अर्थमन्त्री शर्माले खारेज गरे ओलीले अघि बढाएका १४ सय सडक आयोजना



काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले तत्कालीन केपी शर्मा ओलीले अघि बढाएका १४ सय सडक आयोजना खारेज गरेका छन् ।

अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेस गर्दै पूर्ववर्ती सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट व्यवस्थापन गरी अघि बढाएका १ हजार ४०० सडक आयोजना खारेजीको प्रस्ताव गरेका हुन् ।

अर्थमन्त्री शर्माले आर्थिक प्रविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्वतयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने योजना कटौती गरेको दाबी गरेका छन् ।

अर्थमन्त्री शर्माले समृद्ध नेपाल निमार्णको आधारको रुपमा रहेको सडक निर्माणलाई योजनाबद्ध रुपमा कार्यान्वयन गर्न सडक सञ्जालको नक्साङ्कन तयारी गरी संघ, प्रदेश र स्थानीय तहको प्रष्ट क्षेत्राधिकार तोकी सडक निर्माण गर्ने नीति लिइने बताए ।

अर्थमन्त्रीले भने– आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्वतयारी नभएका तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका करिब १४०० सडक आयोजना आवश्यक र औचित्यको आधारमा खारेजी वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी हाल त्यस्ता आयोजनाको कार्यान्वयन स्थगित गरेको छु ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: