देउवाले सुमारलाई भने : ‘एमसीसी अगाडि बढाउन छलफल गरिरहेको छु’ « Nagarik Khabar

देउवाले सुमारलाई भने : ‘एमसीसी अगाडि बढाउन छलफल गरिरहेको छु’



काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवासँग मिलिनियम च्यालेन्स कर्पोरेसन ९एमसीसी०की उपाध्यक्ष फातिमा सुमारले भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा एमसीसीबाट नेपालको आर्थिक विकासमा हुन सक्ने सहयोगलगायतका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री देउवाले सरकार र एमसीसीबीच सन् २०१७ मा सम्पन्न अनुदानसम्बन्धी सम्झौता अगाडि बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल गरेको बताएका थिए ।

एमसीसीका उपाध्यक्ष सुमारले उक्त सम्झौता संसदबाट छिटो अनुमोदन हुने विश्वास व्यक्त गर्दै सम्झौता नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।

उपाध्यक्ष सुमार बिहीबार काठमाडौं आएसँगै राजनीतिक भेटमा व्यस्त रहेकी छन् । उनले हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल तथा आज बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: