अमेरिकामा कोरोना महामारी नियन्त्रण उन्मुख छैन : फुची « Nagarik Khabar

अमेरिकामा कोरोना महामारी नियन्त्रण उन्मुख छैन : फुची



एजेन्सी । अमेरिकामा कोरोना भाइरसको महामारी नियन्त्रण उन्मुख नरहेको सरकारी उच्च अधिकारीहरुले स्पष्ट पारेका छन् ।

अमेरिकी राष्ट्रपतिका मुख्य चिकित्सा सल्लाहकार एन्टोनी फुचीले महामारी नियन्त्रण उन्मुख भएको भन्न नमिल्ने बताएका हुन् ।

कोरोना भाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने क्रम नरोकिएकाले नियन्त्रण हुन लागेको भन्न नमिल्ने उनको भनाइ छ ।

सबैले कोरोना भाइरसविरुद्धको खोप लगाएपछि मात्रै महामारी नियन्त्रण उन्मुख हुन सक्ने उनले बताए । “हामी अहिले पनि महामारीकै अवस्थामा छौँ, अहिले पनि एक दिनमा एक लाख ६० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन्,” फुचीले भने ।

अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रणको अवस्था पनि अहिले सन्तोषजनक नरहेको उनको बुझाइ छ ।

दैनिक सङ्क्रमितहरूको सङ्ख्या दश हजारभन्दा कम भएपछि मात्रै नियन्त्रण उन्मुख रहेको मान्न सकिने वरिष्ठ चिकित्सक फुचीले बताए ।

सेप्टेम्बर ८ सम्ममा अमेरिकामा चार करोड पाँच लाख २३ हजार ९५४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म झन्डै छ लाख ७७ हजारको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: