एमसीसीबारे काँग्रेस-एमाले नेताका यस्ता तर्क (भिडियो) « Nagarik Khabar

एमसीसीबारे काँग्रेस-एमाले नेताका यस्ता तर्क (भिडियो)



काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री उदयशमशेर जबराले एमसीसीलाई पास गर्नुपर्ने बताएका छन् । उनले एमसीसी पािरत गराउन संसद्भित्र र संसद् बाहिर रहेका सबै दलबीच सहमति गराउनुपर्ने पनि बताए । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले एमसीसी सहयोग अनुदान भएकोले यसले देशलाई फाईदा नै हुने पनि विश्वास दिलाए ।

एमसीसी सहयोग लगभग ५० वटा देशले लिएको भन्दै तीमध्ये हाम्रो देशकोजस्तै भूगोल भएको मंगोलियाले दुई पटक सहयोग लिएको उनले बताए । सन २०१७ देखि आजसम्म एमसीसीको बारेमा विभिन्न भ्रम रहेको भन्दै यसबारेमा आफूहरुले अहिलेसम्म स्पष्ट पार्न नसक्नु कमजोरी भएको पनि जबराले बताए ।

त्यस्तै नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टीले एमसीसीबारे अहिले कुनै पोजिसन नबनाएको स्पष्ट पारे । सत्तासिन दलहरुले धारणा बनाएपछि आफ्नो पार्टीले धारणा बनाउने उनको भनाई छ । एमसीसी पारित गराउनको सरकारलाई आफूहरुको आवश्यकता नै नपरेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: