‘एमसीसीको माध्यमबाट अमेरिका नेपालको युरेनियम कब्जा चाहन्छ’ « Nagarik Khabar

‘एमसीसीको माध्यमबाट अमेरिका नेपालको युरेनियम कब्जा चाहन्छ’



काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले अमेरिका एमसीसीमार्फत नेपालको जलस्रोत र महत्वपूर्ण धातु कब्जा गर्न चाहिरहेको दावी गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार एमसीसीको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गजुरेलले नेपालमा युरेनियम भएको र त्यो कब्जा गर्न अमेरिकाले चाहेको बताएका हुन् ।

‘युरेनियमको प्रयोगलाई प्रमाणु बम बनाउन प्रयोग गरिन्छ, नेपालमा यूरेनियम छ भन्ने अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अमेरिका युरेनियम कब्जा गर्न चाहान्छ । नेपालको जलस्रोत अमेरिका कब्जा गर्न चाहान्छ ।’

उनले नेपालको बहुमुल्य धातु अमेरिकाले कब्जा गरोस् भन्ने आफुहरुले नचाहेको बताए । नेपालको भूमि प्रयोग गरेर चीनलाई घेर्न पनि अमेरिकाले एमसीसीमा जोड गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: