थप १४८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु « Nagarik Khabar

थप १४८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु



काठमाडौं । नेपालमा सोमबार थप १ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १२ हजार ५ सय ३२ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ४९ जना र ४ हजार ७ एन्टीजेन परिक्षणका क्रममा ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६५ हजार ३ सय ४३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा १० हजार ९ सय ६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार २ सय ६० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ४० हजार ७ सय १७ संक्रमित निको भएका छन् ।

हाल नेपालमा २६ हजार ६ सय ३० सक्रिय संक्रमित आइशोलेशन र २६२ जना क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: