कोरोना संक्रमणः २१ देखि ३० वर्ष उमेरका बढी, कुन उमेरको कति(सूचीसहित) « Nagarik Khabar

कोरोना संक्रमणः २१ देखि ३० वर्ष उमेरका बढी, कुन उमेरको कति(सूचीसहित)



काठमाडौँ । कोरोना संक्रमणबाट पछिल्लो समय २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरु बढी प्रभावित भएका छन् । स्वास्थ्य मन्त्रालयले निकालेको २४ घन्टाको रिपोर्टमा भेटिएको कुल संक्रमितमध्ये २१ देखि ३० वर्ष समूहका व्यक्ति सबैभन्दा धेरै रहेको छ ।

गत २४ घन्टामा १ हजार १ सय ४६ जना संक्रमित भेटिएकोमा २ सय ७० जना २१ देखि ३० वर्षका उमेर समूहका रहेका छन् ।

यस्तै ३१ देखि ४० वर्षका २ सय ६५, ४१ देखि ५० वर्षका २ सय, ५१ देखि ६० वर्षका १ सय ४९ रहेका छन् ।

११ देखि २० वर्षका ९६, ६१ देखि ७० वर्षका ७७, ७१ देखि ८० वर्षका ४१, ८० वर्षका १५ जना र १० वर्षसम्मका १३ र अज्ञात १३ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: