युएईद्वारा नेपालमाथिको यात्रा प्रतिबन्ध खुला « Nagarik Khabar

युएईद्वारा नेपालमाथिको यात्रा प्रतिबन्ध खुला



काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले आजदेखि नेपाललाई लगाएको यात्रा प्रतिबन्ध खुला गरेको छ । १५ मुलुकलाई लगाइएको यात्रा प्रतिबन्धमा खुला गरिएको रोयटर्सले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले मान्यता दिएका कोभिड—१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका नेपाली नागरिकले युएई प्रवेश पाउनेछन् । यसअघि कोरोनाको डेल्टा प्रजाति फैलिएको बताउँदै नेपाल लगायतका मुलुकलाई रोक लगाइएको थियो ।

महामारीको कारण रोकिएको दुबईको अन्तर्राष्ट्रिय प्रदर्शनी मेला अक्टोबर १ देखि सुुरु हुँदैछ । उक्त मेलालाई मध्यनजर गर्दै यात्रामा खुला गरिएको युएईको विदेश मन्त्रालयले जनाएको छ ।

अधिकारीहरुले मेला अगाडि लगाइएको यात्रा प्रतिबन्ध खुलाउने बताउँदै आएका थिए । खुला गरिएका मुलुकहरुमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, युगान्डा, सियरालियोन, दक्षिण अफ्रिका, नाइजेरिया र अफगानिस्तान छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: