ओखर खाँदा तौल घट्ने एक अध्ययनको दाबी « Nagarik Khabar

ओखर खाँदा तौल घट्ने एक अध्ययनको दाबी



एजेन्सी । म्युनिख मेडिकल कलेजमा ओखरमाथि गरिएको एक अनुसन्धानले यसको सेवनको महत्वपूर्ण प्रत्यक्ष असर रगतमा रहेको बोसोमा परेको पाइयो । अध्ययनमा भाग लिने एक व्यक्तिले आठ हप्तासम्म उनलाई दिनको एक मुठ्ठी अर्थात ४३ ग्राम ओखर खान दिइएको थियो । त्यसपछि तुलनात्मक अध्ययनका लागि आठ हप्तासम्म ओखर खान दिइएन ।

हरेक दिन उनले बराबर क्यालोरीमा सेवन गरेका थिए । ओखर खाँदा पहिले र त्यसपछि दुबैको मेडिकल परीक्षण गराईएको थियो । परीक्षणको नतिजा अचम्म लाग्दै देखियो । ती व्यक्ति ओखर खाँदा यस्तिो नतिजा निस्किन्छ भन्ने सोचेका पनि थिएनन् । उनको खराब कोलेस्ट्रोल एलडीएलमा ओखर खाँदा ७ प्रतिशतमा कमी आएको थियो ।

म्युनिख मेडिकल कलेजका प्रोफेसर पारहोफर ग्लकाले यही कारणले नियमित रुपमा ओखरको सेवन गर्दा हृदयघात कम हुने बताए । उनका अनुसार खराब कोलेस्ट्रोल मुटुको रोगका लागि बिरामीहरुका लागि महत्वपूर्ण भूमिका निभाउँछ ।

आम रुपमा बदाम र ओखरलाई क्यालोरीको बम नै भनिन्छ । ओखरमा ६५ प्रतिशत फ्याट र १५ प्रतिशत प्रोटिन हुन्छ । प्रोफेसर ग्लाइ भन्छन्, ‘ यो कुराको बारम्बार तथ्यहरु पाइनै रहेको छ कि नियमित रुपमा ओखर खाँदा हाम्रो शरीरको तौलमा सकारात्मक असर पर्छ र यसले तौल कम गर्नेलाई मद्दत गर्छ ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: