स्वीडेनका दम्पतीलाई सन्तानको नाम ‘भ्लादिमिर पुटिन’ राख्न प्रतिबन्ध ! « Nagarik Khabar

स्वीडेनका दम्पतीलाई सन्तानको नाम ‘भ्लादिमिर पुटिन’ राख्न प्रतिबन्ध !



स्टकहोम । आफ्नो सन्तानको नाम नयाँ र अनौठो होस भन्ने प्रायः अभिभावकको चाहना हुन्छ । यस्तै अनौठो नाम दर्ता गर्न कार्यलय पुगेका स्वीडेनका एक दम्पतीलाई भने प्रतिबन्ध लगाइएको छ ।

नवजात शिशुको नाम भ्लादिमिर पुटिन राख्न खोजेपछि कर कार्यलयका अधिकारीहरुले उनीहरुलाई रोक लगाएका हुन् । प्रस्तावित नाम रसियाली राष्ट्रपतिको नामसँग जुध्ने भएकोले त्यसको विकल्प रोज्न कर अधिकारीहरुले अनुरोध गरेका थिए । रसियाका राष्ट्रपतिको नाम पनि भ्लादिमिर पुटिन हो ।

स्वीडेनमा अपमानजनक वा अस्वभाविक सुनिने नाम राख्न रोक छ । प्रतिबन्धपछि दक्षिणी स्विडेनका ती अभिभावकलाई अर्को नाम ल्याउन कार्यलयले अनुरोध गरेको थियो ।

यसअघि कर कार्यलयले अल्लाह, फोर्ड, मिसेल ज्याक्सन, पिल्जनर, क्यु एन्ड टोकन जस्ता नाम अस्वीकार गरेको थियो ।

नामको विषयलाई लिएर स्वीडेनमा बारम्बार विवाद हुने गर्छ । यसअघि एक अभिभावकले आफ्नो सन्तानको नाम गुगल राखेका थिए । तर, कार्यलयले सो नामको विरोध गरेन आफ्ना सन्तानको नाम राख्ने मामिलामा स्विडेनका अभिभावक ‘चुजी’ छन् । लुकास, लियाम , विलियम , एलिस, ओलिभिया अभिभावकले सर्वाधिक रुचाइएका नाम हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: