गाईलाई शौचालयमा पिसाब फेर्न तालिम दिँदै वैज्ञानिक, कारण यस्तो « Nagarik Khabar

गाईलाई शौचालयमा पिसाब फेर्न तालिम दिँदै वैज्ञानिक, कारण यस्तो



एजेन्सी । मानिसका लागि शौचालय बनाउन नेपालमा गैरसरकारी संस्थाहरु केही समय अघि गाउँगाउँ पुगेका थिए । उनीहरुले घरमा खानको समस्या भएका गरीबको घरमा पनि पक्की शौचालय बनाएको र उक्त शौचालय सुँगुरको खोर बनाउन प्रयोग भएका समाचारहरु पनि हाम्रा मिडियाहरुले छापेका थिए ।

मानिसका लािग शौचालयको यस्तो हविगत भएको बेला केही वैज्ञानिकहरु भने गाईलाई शौचालयमा शौच गराउने तालिम दिन थालेका छन् र अकल्याण्ड विश्वविद्यालयका शोधकर्ता लिंडसे म्याथ्युज र डगलस एलिफले जर्मनीमा इन्टिट्यूट फर फार्म एनिमल बायोलोजी संस्थानद्वारा चलाइएको एक गोठमा १९ बाछाहरु माथि अनुसन्धान भएको थियो । ती बाछाहरुलाई जर्मन अनुसन्धानकर्ताहरुले गाईका बाछाहरुलाई निश्चित स्थानमा शौच गराउन तालिमको व्यवस्था गर्न सकिन्छ र ती बाछाहरु भनेकै स्थानमा दिसापिसाब गर्न सक्छन् ।

गाईको पिसाब (गहुँत) मा नाइट्रोजनको मात्रा धेरै हुन्छ । त्यसकारण यदि गाईलाई उचित स्थानमा दिसापिसाब गर्न तालिम दिइयो भने पानीमा भएको प्रदुषणलाई केही नाइट्रोजन कम गरी रोक्न सकिने बताइएको छ ।

वैज्ञानिकले बाछाहरु अलत स्थानमा शौच गरे भने तिनका गलामा रहेको पट्टीमा भाइब्रेशन हुन्छ । बाछाहरुले सही स्थानमा पिसाब गरे भने तिनलाई उपहार स्वरुप भोजन दिने गरिएको छ । बाछाहरुको शौचालय गर्ने प्यानलाई पनि अलग अलग रंगले छुट्याइएको छ । गाईले पिसाब फेर्ने प्यानमा रंग पनि हरियो बनाइएको छ ।

म्याथुज भन्छन्, ‘जसरी मानिसले आफ्ना बालबालिकालाई दिसा पिसाबको तालिम दिन्छन् । उनीहरु बालबालिकालाई ट्वाइलेट सिटमा बसाउँछन्, बच्चाले पिसाब फेरुन्जेल पर्खिन्छन् । र उनीहरु उनीहरुले ठीक तरिकाले दिसा पिसाब गरेको खण्डमा प्रोत्साहित गर्दछन् । यस्तै प्रयोग अनुसन्धानकर्ताले बाछाहरु माथि पनि गरे ।’

१५ दिनको तालिम पश्चात तीन चौथाई बाछाहरु पिसाब शौचालयमा नै गर्न सिकेको पाइयो । एलिफले १० देखि २० प्रतिशत पिसाब एकीकृत गर्न सके मात्र पनि ग्रनहाउस ग्यास उत्सर्जन कम गर्नका लागि महत्वपूर्ण हुने बताए ।

गाई दिनभर उग्राइरहेका हुन्छन् । घाँस खाइरहेको बेला गाईले डकार्दा र गोबरका साथ मिथेन ग्यास पनि निकाल्छ । मिथेन ग्यासको सबैभन्दा खतरानाक ग्रीनहाउस ग्यास मानिन्छ र यो वायुमण्डललाई धेरै नै नोक्सान पुर्याउँने अनुसन्धानकर्ताको तर्क छ । गाईले खाँदा र गाईको गोबर पनि मिथेनको सबैभन्दा ठूलो स्रोत हो । संसारभर ग्रीनहाउस ग्यास उत्सर्जनको करीब एक तिहाई हिस्सा उग्राउने जनवारबाट आउने गरेको वैज्ञानिकको दाबी छ । वैज्ञानिकहरुले एक किलो मिथेन ग्यास कार्बन डायअक्साइडभन्दा जलवायुमा धेरै गुना हानी बताएका छन् ।

विदेशमा यसरी अनुसन्धान भए पनि मिथेन ग्यास भन्दै गाईको गोबरबाट ग्यास दिनली इन्धनको रुपमा प्रयोग गर्ने गरिएको छ । गाईको गहुँत पवित्रताको प्रतिक मान्दै खाने गरिएको छ भने गाईको गहुँत धार्मिक कार्यमा पनि प्रयोग हुने गरेको छ । यसलाई बालीमा पानीसँग मिसाएर कीटनाशक औषधीका रुपमा बालीनालीमा छर्कने पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: