शंकर पोखरेलले अपहरण गरेको भन्दै विमला वलीले दिइन् जाहेरी « Nagarik Khabar

शंकर पोखरेलले अपहरण गरेको भन्दै विमला वलीले दिइन् जाहेरी



रूपन्देही । लुम्बिनी प्रदेशमा सबैभन्दा चर्चामा आएकी प्रदेश सांसद विमला खत्री वलीले एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकमा किटानी जाहेरी दिएकी छन् । आफूलाई दाङबाट अपहरण गरी ल्याएर पोखरेलले साउन १५ गतेदेखि ५ दिनसम्म बन्धक बनाएको उनको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा सांसद वलीले पोखरेलसहित एमाले सचेतक भूमिश्वर ढकाल, दाङका एमाले नेता मानबहादुर राउत र पोखरेलको तत्कालीन सचिवालयका किरण गौतमलाई अपहरण तथा शरीर बन्धकसम्वन्धी कानूनअनुसार कारवाहीको माग गरेकी छन् । घटनाको सुरुवात दाङबाट भएको भन्दै प्रहरीले रुपन्देहीमा दर्ता गरेको उनको जाहेरी दाङमै पठाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: