काठमाडौँ । युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना घरेलु मैदानमा बायर्न म्युनिखसँग पराजित भएको छ । मंगलबार राति नोउ क्याम्पमा भएको खेलमा बार्सिलोना बायर्नसँग ३–० गोल अन्तरले पराजित भएको हो ।
स्टार खेलाडी लियोनल मेस्सी पेरिस सेन्ट जर्मन पुगेपछि सर्जियो बुस्केटको कप्तानीमा उत्रिएको बार्सिलोनाले पहिलो हाफमा १ गोल ब्यहोर्दै दोस्रो हाफमा थप २ गोल खान पुगेको थियो ।
बायर्नको अवे जितमा रोबर्ट लेवाण्डोस्कीले २ तथा थोमस मुलरले १ गोल गरे ।
खेलका ३४औँ मिनेटमा बायर्नले अग्रता बनायो । पहिलो गोल थोमस मुलरले गरे । मुलरलाई लोरे सानेको पासमा उपलब्ध गराएका थिए ।
खेलका ५६औँ मिनेटमा रोबर्ट लेवाण्डोस्कीले दोस्रो अग्रता बनाएका भने ८५औँ मिनेटमा ३–० को अग्रता बनाए । समूह ‘इ’ अन्तर्गतको अर्को खेलमा बेन्फिका र ड्यनामो केयीभले बराबरी खेल्दै १–१ अंक बाँडे ।
जितसँगै समूह ‘इ’ बाट बायर्न तीन अंकका साथ शीर्ष स्थानमा छ । बेन्फिका र ड्यनामोको एक–एक अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहँदा बार्सिलोना पुछारमा छ ।