अमेरिकामा कोभिडको पाँचौँ लहर उच्च बिन्दुमा पुग्ने विज्ञको चेतावनी « Nagarik Khabar

अमेरिकामा कोभिडको पाँचौँ लहर उच्च बिन्दुमा पुग्ने विज्ञको चेतावनी



न्युयोर्क । अमेरिकामा हाल फैलिरहेको कोरोना भाइरसको पाँचौ लहर चाँडै उच्च बिन्दुमा पुग्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

डेल्टा भेरियन्टका कारण तीव्र फैलिएको संक्रमण उच्च बिन्दुमा पुग्ने विज्ञहरुले चेतावनी दिएका हुन् । भाइरस अझै केही वर्ष मानिसको जनजीवनको एउटा अंश हुने समेत उनीहरुले बताएका छन् ।

अहिले औषतमा दैनिक १ लाख ७० हजार अमेरिकी संक्रमित छन् । कोरोनाका कारण अझै पनि दैनिक १८ सय अमेरिकीको मृत्यु हुने गरेको छ । त्यस्तै, १ लाखभन्दा बढी संक्रमित अस्पतालमा उपचारार्थ छन् ।

जोन हप्किन्स विश्वविद्यालयकी सहप्राध्यापक तथा कोभिड उपचारसम्बन्धी विज्ञ भक्ती हंसोतीले अमेरिकाको संक्रमणको प्रवृत्ति भारतको जस्तै रहेको बताइन् । युरोपेली मुलुकमा डेल्टा विस्तारमा भने समान गिरावट आएको उनको भनाइ छ ।

ग्रीष्मकालमा देखिएको कोभिड लहर सकिएकोमा भने हंसोतीले सन्तोषको सास फेरेकी छिन् । ‘तर, अर्को लहर चाँडै अन्त्य हुनेमा मलाई शंका छ ।’ अमेरिकीले कोभिडको चौथो लहरबाट राम्रो पाठ सिक्नुपर्ने उनको भनाइ छ । तर, क्यानडास्थित युनिर्भसिटी अफ ससकाटचेवन विश्वविद्यालयकी भाइरोलोजिस्ट एन्जिला रासमुसेन अमेरिकामा चौथो लहर नै समाप्त भएकोमा आशंका व्यक्त गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: