चलचित्रकर्मीले भेटे प्रचण्ड « Nagarik Khabar

चलचित्रकर्मीले भेटे प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चलचित्रकर्मीहरुले भेट गरेका छन् ।

कोरोना महामारीले तहस–नहस बनाएकाले चलचित्र क्षेत्रका समस्या र समाधानका विषयमा चलचित्रकर्मीहरुले अध्यक्ष प्रचण्डलाई भेट गरी छलफल गरेको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल नेतृत्वले भेटेका थिए । चलचित्र क्षेत्रको पुनर्निमार्ण गर्न राजनीतिक दलहरुका सागै सरकारले अल्पकालीन र दीर्घकालीन नीति ल्याएर जागू गर्नुपर्ने चलचित्रकर्मीहरुको माग थियो ।

चलचित्रकर्मीहरुको मागका विषयमा अध्यक्ष प्रचण्डले सकारात्मक रुपमा लिँदै आवश्यक पहलकदमी लिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: