शशांक कोइरालाले भने,‘डडेलधुरामा फेरि वडा अधिवेशन हुने सम्भावना देखिएन’ « Nagarik Khabar

शशांक कोइरालाले भने,‘डडेलधुरामा फेरि वडा अधिवेशन हुने सम्भावना देखिएन’



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले डडेलधुरामा फेरि वडा अधिवेशन हुने सम्भावना नरदेखिएको बताएका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिसँगको छलफलपछि पत्रकारहरुसँग महामन्त्री कोइरालाले डडेलधुरामा फेरि अधिवेशन हुने सम्भावना नरहेको बताएका हुन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका शीर्ष सबै नेता बिहीबार कांग्रेस केन्द्रीय कार्यालयमा पुगेर डडेलधुराको वडा अधिवेशन फेरि गर्न माग गर्दै निर्वाचन समितिलाई ध्यानाकर्षण गराएका हुन् ।

नेता पौडेलसहित महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, सुजता कोइराला, डा.शेखर कोइराला, गगनकुमार थापालगायतले निर्वाचन समितिका पदाधिकारी र सदस्यहरुसँग अधिवेशन निष्पक्ष र धाँधलीहित बनाउन ध्यानाकर्षण गराएका थिए ।

निर्वाचन समितिलाई ध्यानाकर्षण गराएपछि महामन्त्री कोइरालाले अब फेरि अधिवेशन हुने सम्भावना नदेखिएको प्रतिक्रया दिएका हुन् ।

देउवाको गृह जिल्लामा भदौ २५ मा वडा अधिवेशन भएको थियो । पौडेल पक्षले वडा अधिवेशन स्थगित गर्न माग गरेको थियो । त्यसको सुनुवाइ नभएपछि पौडेल पक्षले वडा अधिवेशन बहिष्कार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: