राज्यलाई जनताप्रति जिम्मेवार बनाउँदै लैजान्छौँ : अर्थमन्त्री शर्मा « Nagarik Khabar

राज्यलाई जनताप्रति जिम्मेवार बनाउँदै लैजान्छौँ : अर्थमन्त्री शर्मा



काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राज्यलाई जनताप्रति जिम्मेवार बनाउँदै लैजाने नीति सरकारले लिएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले विभिन्न क्षेत्रका जनताको समस्या बुझ्दै राज्यलाई उनीहरुप्रति जिम्मेवार बनाउँदै लैजाने नीति लिएको बताएका हुन् ।

उनले मुलुकको परिवर्तनमा बलिदानी दिने घर परिवारलाई मासिक भत्ता दिनेदेखि जटिल बिरामीहरुलाई राहत प्रदान गर्ने निर्णय सरकारले गरेको र बजेटमा पनि समावेश गरिएको जानकारी दिए ।

त्यस्तै, गरिब घरपरिवारलाई एकपटकका लागि १० हजार रुपैयाँ दिने निर्णय सरकारले गरेको उनले बताए । अर्थमन्त्री शर्माले युवाहरुलाई उत्पादनसँग जोडेर मात्र मुलुकको आर्थिक वृद्धि सम्भव रहेको धारणा राखे । त्यस्तै मुलुकभर रहेका सामुदायिक विद्यालयको स्तरोन्तति गर्न आवश्यक कार्यक्रमका साथै बजेटको व्यवस्था सरकारले गर्ने उनले बताए ।

उनले विद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्धामा केन्द्रित गर्नुपर्ने अहिलको आवश्यकता रहेको भन्दै त्यसैमा केन्द्रिय हुन विद्यार्थीहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: