प्रकाशमान सिंहले फेरि भने : सभापतिको रेसबाट पछि हट्दिन « Nagarik Khabar

प्रकाशमान सिंहले फेरि भने : सभापतिको रेसबाट पछि हट्दिन



काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले गठबन्धनका केही दलभित्रको आन्तरिक व्यवस्थापनको अलमलले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताएका छन् ।

गणेशमान सिंहको २५औँ स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा नमिल्दा मन्त्रिपरिषद विस्तार हुनमा ढिलाई भएको बताए । अब छिट्टै सरकारले पूर्णता पाउने उनको भनाइ थियो ।

नेता सिंहले पार्टीको १४औँ महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए । पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै विवाद भएका जिल्लामा विधि विधानअनुसार समाधान गर्नुपर्ने उनको भनाइ छ ।

नेता सिंहले साझा उम्मेदवारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिए । तर, आफू सभापतिको उम्मेवारबाट पछि नहट्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: