थारु भाषाको ‘हे जित महान’ बोलको गीत सार्वजनिक (भिडियाे) « Nagarik Khabar

थारु भाषाको ‘हे जित महान’ बोलको गीत सार्वजनिक (भिडियाे)



काठमाडौँ । थारु समुदाय भाषा, संस्कृति र संस्कारमा निकै धनी मानिन्छ । थारु समुदाय चाडपर्व र रीतिरिवाजमा पूर्ण छन् ।

थारुको गीत र सङ्गीतलाई गहनाको रूपमा पहिचान दिएको छ । केही वर्ष अघि पौराणिक चाचैर विरहैनलगायत पाराति गीतहरू मुखले र अडियोमा मात्रै सुन्न पाइन्थ्यो तर अहिले समय बदलिएको छ । थारु गीत र सङ्गीतलाई पनि युट्युब लगायत सामाजिक सञ्जालमा सुन्नसहित भिडियो मार्फत मज्जाले हेर्न पनि पाइन्छ। नयाँ युवा पुस्ताको प्रयासले थारु गीत र सङ्गीत कोल्टे फेर्दैछ।

थारु समुदायको सबभन्दा महान् पर्व जितियाको ‘हे जित महान’ बोलको थारु गीत शुक्रबार सार्वजनिक भएको छ । थुप्रै थारु र मैथिली चर्चित गीतहरूमा स्वर दिएका चर्चाको शिखरमा रहेका उदयमान थारु गायक सुनिल चौधरीको स्वर र सङ्गीत रहेको छ भने गायिका अनुमा चौधरीले साथ दिएकी छन् ।

गीतमा शब्द नवीन चौधरीको रहेको छ भने एरेन्ज गणेश चौधरी गरेका हुन् । थारु, नेपालीलगायत भोजपुरीका थुप्रै चर्चित गीतहरूलाई निर्देशन गरिसकेका जनक चौधरीले पुन हालको ‘हे जितिया महान’ बोलको गीतमा पनि चौधरीकै निर्देशन रहेको छ । पौराणिक पर्वका थारु गीत र सङ्गीत जीवन्त रहोस् र अहिलेका युवा पुस्ताले आफ्नो संस्कृति, संस्कार र परम्परालाई निरन्तरता दियोस् भनी यो म्युजिक भिडियो निमार्ण गरेको चौधरीले जानकारी दिए ।

यो भिडियोलाई छायाङ्कन रविन चौधरीले गरेका छन् । भिडियोमा थारु कलाकारहरू सविता चौधरी र गोविन्द चौधरी, पाण्डप चौधरी, रामरी चौधरी, प्रदीप चौधरी, आशिश चौधरीलगायत चर्चित तथा स्थापित कलाकार जानकी चौधरीको समेत अभिनय देख्न सकिन्छ ।

‘हे जित महान’ गीतलाई थारु चलचित्र सांस्कृतिक सङ्घ सुनसरीको प्रस्तुति रहेको र टिएफसिए नेपालले युटुव च्यानलमार्फत सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: