हात्तीवन रिसोर्टमा बसेर तीन दिनदेखि के गर्दैछन् प्रचण्ड ? « Nagarik Khabar

हात्तीवन रिसोर्टमा बसेर तीन दिनदेखि के गर्दैछन् प्रचण्ड ?



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिनदेखि दक्षिणकाली नजिकै रहेको हात्तीवन रिसोर्टमा छन् ।

परिवारसहित रिसोर्टमा रहेका प्रचण्डले आराम गर्न रिसोर्ट पुगेको सचिवालय स्रोतको भनाइ छ ।

जनकपुरमा आयोजित कार्यक्रमपछि पनि प्रचण्ड हात्तीवन रिसोर्टमै पुगेका छन् । खुमलटार डेरामा नेता र कार्यकर्ताहरुको बढी नै भीड भएकाले पनि प्रचण्ड रिसोर्टमा बसेर आराम गरिरहेको सचिवालय स्रोतको भनाइ छ ।

प्रचण्ड पत्नी सीता दाहाल बिरामी रहेकाले पनि उनको आरामका लागि पनि प्रचण्ड रिसोर्ट पुगेका हुन् । अचेल प्रचण्ड हात्तीवन रिसोर्ट बाक्लै पुग्ने गरेको सुरक्षा स्रोत बताउँछ ।

पछिल्लो समय मन्त्री बन्ने र बनाउनुपर्छ भन्ने नेताहरुको भीडभाडले पनि प्रचण्ड बढी तनावमा थिए ।

उनले पछिल्लो समय काठमाडौंमा आयोजित कार्यक्रममा आफूलाई एक्लो भएको महशुस हुन थालेको बताएका थिए ।

प्रचण्डमाथि आफ्नो पार्टीको आन्तरिक व्यवस्थापन मात्र नभएर अहिले सत्ता गठबन्धनलाई मिलाएर अघि बढाउनुपर्ने दायित्व पनि छ । अहिले सरकारको अभिभावकीय भूमिका निर्वाह गरिरहेका प्रचण्डले नै दलहरुबीच छलफल र समन्वयको काम गरिरहेका छन् ।

मन्त्रिपरिषद गठन भएको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन नसक्दा समेत प्रचण्ड तनावमा छन् । सत्ता गठबन्धनका दलहरुबीचमै कहिले मन्त्रालयको भागवण्डा नमिल्ने त कहिले विभिन्न अडानलाई पन्छाउन पनि प्रचण्ड नै अग्रसर हुनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: