आइसिसी विश्वकपः ओमानविरूद्ध बलिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन (खेल तालिका) « Nagarik Khabar

आइसिसी विश्वकपः ओमानविरूद्ध बलिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन (खेल तालिका)



काठमाडौं । आइसिसी विश्वकप लिग—२ अन्तर्गत घरेलु टिम ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

नेपालले ओमानविरुद्धको खेलका लागि दुई खेलाडी परिवर्तन गरेको छ । तीव्र गतिका बलर गुल्शन झा र मध्यक्रमका ब्याट्सम्यान कुशल मल्ल टिमबाट आउट भएका छन् । शरद भेषवाकर र आरिफ शेखले टिममा स्थान बनाएका छन् ।

ओमानमा भइरहेको सिरिजमा नेपालले यसअघि तीन खेल खेलिसकेको छ। तीन मध्ये नेपाल दुई खेलमा पराजित भइसकेको छ।

पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै हारेको थियो । तेस्रो खेलमा नेपालले अमेरिकालाई ४ विकेटले नतिजा सुम्पियो । लिग—२ मा नेपालले ओमानसँग खेलेका पछिल्ला तीन खेलमा पराजय भागेको छ ।

पछिल्ला खेलमा ब्याटिङमा समस्या देखिएको नेपालले त्यसलाई सुधार गर्ने लक्ष्य लिएको छ । लिग—२ को अंक तालिकामा नेपाल ७ खेलबाट ६ अंक जोड्दै छैटौं स्थानमा छ । नेपालले ७ मध्ये ४ खेलबाट हार र ३ खेलमा जित निकालेको छ ।

यस्तो छ खेल तालिका

नेपाल भर्सेस अमेरिका – भदौ २८ – नेपाल ५ विकेटले विजयी

ओमान भर्सेस नेपाल – भदौ २९ – ओमान ५ विकेटले विजयी

ओमान भर्सेस अमेरिका – भदौ ३१ – ओमान ४ विकेटले विजयी

नेपाल भर्सेस अमेरिका – असोज १ – अमेरिका ६ विकेटले विजयी

ओमान भर्सेस नेपाल – असोज ३

ओमान भर्सेस अमेरिका – असोज ४

सबै खेल सुरू हुने समय – दिउँसो ४स्१५ बजे

स्थान – अल अमिरत क्रिकेट रंगशाला, ओमान

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: