उपत्यकामा थपिए २४१ कोरोना संक्रमित « Nagarik Khabar

उपत्यकामा थपिए २४१ कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टाभित्र काठमाडौं उपत्यकामा २४१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी १८७ जना रहेका छन् । यसैगरी भक्तपुरमा ३२ र ललितपुरमा २२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेका छन् ।

उक्त अवधिमा कोरोना संक्रमणका कारण नेपालमा १२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: