बुटवल उपमहानगरपालिका प्रमुखमाथि स्थानीयले गरे हातपात (भिडियाे) « Nagarik Khabar

बुटवल उपमहानगरपालिका प्रमुखमाथि स्थानीयले गरे हातपात (भिडियाे)



काठमाडौँ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि स्थानीयले हातपात गरेका छन् । बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकन गर्न गएको बेला सुवेदीमाथि एक युवाले हातपात गरेका हुन ।

गत भदौ १३ गते उक्त स्थानमा पहिरो जाँदा झन्डौ एक दर्जन घर पहिरोले पुरिएका छन् भने ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । पहिरो गएको लामो समयसम्म सरकारले विस्थापित परिवालाई व्यवस्था गरेको भन्दै आक्रोशित बनेको स्थानीयले उनीमाथि हातपात गरेका हुन् । उनी पहिरोको अवलोकन गर्न सोमबार विहान मात्र पहिरो गएको स्थानमा पुगेका थिए ।

एक महिनासम्म सरकारले नहेरकोभन्दै आक्रोश पोखेका थिए । उनीमाथि स्थानीय बासिन्दा आक्रोशित भएपनि उनी फर्किएका छन् । विहानैदेखि बुटवल र आसपासको क्षेत्रमा पानी परिरहेकाले उक्त क्षेत्रमा थप क्षति पुर्‍याउन सक्ने भन्दै मेयर सुवेदीको टोली पहिरोग्रस्त क्षेत्रमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: