उपेन्द्र यादवले भने- ‘अध्यादेश खारेज गरेपछि मात्र मन्त्रिपरिषद विस्तार हुन्छ’ « Nagarik Khabar

उपेन्द्र यादवले भने- ‘अध्यादेश खारेज गरेपछि मात्र मन्त्रिपरिषद विस्तार हुन्छ’



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गनुर््पर्ने बताएका छन् ।

दल विभाजनसम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भन्दै यसको खारेज गरेपछि मात्रै मन्त्रिपरिषद्को विस्तार हुने बताए ।

सोमबार संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘‘यो दलसम्बन्धी ल्याएको अध्यादेश यो खारेज हुन्छ । र त्यो खारेज हुनेबित्तिकै मन्त्रिपरिषद्को विस्तार हुन्छ । सरकारले पूर्णता पाउँछ ।’

सरकार विस्तारका लागि मन्त्रालय बाँडफाँटको काम पनि बाँकी रहेको अध्यक्ष यादवको भनाई छ ।

यो पनि

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: