बुढीगण्डकी आयोजना तत्काल सुरु गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन (फोटोफिचर) « Nagarik Khabar

बुढीगण्डकी आयोजना तत्काल सुरु गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन (फोटोफिचर)



काठमाडौँ । बुढीगण्डकी जलविद्युत् आयोजना तत्काल निर्माण अघि बढाउन माग गर्दै डुबान क्षेत्रका बासिन्दाले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् ।

बुढीगण्डकी आयोजना नबन्दा आफूहरु सुकुम्बासी हुने खतरा रहेको भन्दै डुबान क्षेत्रका बासिन्दाले आयोजना निर्माण तत्काल अघि बढाउन माग गरेका छन् ।

कोरोना महामारीको नाममा दुई वर्षदेखि आयोजनामा कुनै पनि काम नभएको, आफूहरुको घर, गोठ, बोटबिरुवाको मुआब्जा पनि नदिएको पुनःवास, पुनःस्थापनाका कामहरु नगरिएको भन्दै आयोजना प्रभावितहरुले काठमाडौँमा विरोध प्रदर्शन सुरु गरेका हुन् ।

स्थानीय बासिन्दाले आयोजनाको नाममा राजनीति मात्र भएको भन्दै स्थानीयको जायज माग पूरा गरेर निर्माण सुरु गर्न आग्रह गरेका छन् । माइतीघरमा गरिएको प्रदर्शनमा बुढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा बसोबास गर्ने गोरखा र धादिङ जिल्लाका सर्वसाधारण सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: