सभामुख सबैकाे साझा हुनुपर्छ : खगराज अधिकारी « Nagarik Khabar

सभामुख सबैकाे साझा हुनुपर्छ : खगराज अधिकारी



पोखरा । नेकपा (एमाले) का नेता एवं निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सभामुख कुनै पनि दलको नेता नभइ सबैका साझा हुनुपर्ने बताएका छन् ।

नेकपा एमाले पोखरा महानगरपालिका–३१ को बृहत् कार्यकर्ता भेलामा उनले सभामुख कुनै दल विशेषको नेता जस्तो बनेर संसदमा पक्षपाती व्यवहार गर्न नहुने बताए ।

राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रबाट कम्युनिस्ट पार्टीमाथि गम्भीर आक्रमण सुरु भएको बताउँदै नेता अधिकारीले नेपालमा राजनीतिक स्थिरता आयो भने विदेशीले खेल्न नपाउने पनि स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: