लुम्बिनी प्रदेशमा ‘परीक्षणकालीन लाइसेन्स’ वितरण सुरू « Nagarik Khabar

लुम्बिनी प्रदेशमा ‘परीक्षणकालीन लाइसेन्स’ वितरण सुरू



काठमाडौँ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र लुम्बिनी प्रदेश कार्यालयले परीक्षणकालीन अनुमति पत्र वितरण शुभारम्म गरेको छ ।

सोमबार एक कार्यक्रमबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले परीक्षणकालीन अनुमति पत्रको शुभारम्म गरेका हुन् ।

शुभारम्म कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशमा अब प्रदेशमा एकै प्रकारको सवारी चालक अनुमति पत्र लागु गरिने बताए ।

उनले नवीकरण र नयाँ सवारी चालक अनुमति पत्र एकै प्रकारको लागु गरिने बताउँदै सवारी चालक अनुमति प्राप्त व्यक्तिले संसारको जुनै ठाउँमा पनि रोजगारी प्राप्त हुने वातारण सिर्जना गर्न पहल गर्ने बताए । केसीले प्रदेशमा असरल्ल परेको यातायात प्रणालीमा सुधार आउने दाबी गरे ।

केसीले अब चाँडै नै लुम्बिनी प्रदेशका अन्य स्थानबाट पनि सवारी चालक अनुमति पत्र वितरण गर्ने कार्यलाई तीव्रता दिने बताउँदै यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्न प्रदेश सरकार लागि रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: