शिल्पाका पति राज कुन्द्रा धरौटीमा रिहा « Nagarik Khabar

शिल्पाका पति राज कुन्द्रा धरौटीमा रिहा



काठमाडौं । राज कुन्द्रा धरौटीमा रिहा भएका छन् । उनलाई अदालतले धरौटीमा रिहा गरेको हो ।

बलिउड अभिनेत्री शिल्पा सेठ्ठीका पति कुन्द्रालाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

गत जुलाई १९ मा पोर्नोग्राफी मुद्दामा मुम्बई प्रहरीले कुन्द्रालाई पक्राउ गरेको थियो । पक्राउपछि उनी जेलमै रहेका थिए ।

मुम्बई प्रहरीका अनुसार पोर्न फिल्मको कारोबारी रहेका कुन्द्राले दुईवर्षमा आफ्नो एपको प्रयोगकर्ता तीन गुणा र मुनाफा आठ गुणाले बढाएका थिए ।

यो पनि

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: