बैंकिङ कसुर मुद्दाका फरार ६७ वर्षीय ब्यक्ति पक्राउ « Nagarik Khabar

बैंकिङ कसुर मुद्दाका फरार ६७ वर्षीय ब्यक्ति पक्राउ



काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ६७ वर्षीय कृष्णबहादुर थापालाई बैंकिङ कसूर मुद्दामा पक्राउ गरिएकाे छ । उनी अदालतबाट दोषी ठहर भई दुई करोड रुपैयाँ जरिवाना र कैद सजाय तोकिएका व्यक्ति हुन् ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा र बारासँगको समन्वयमा शनिबार वीरगञ्जको पूर्णिमा चोकबाट पक्राउ गरी काठमाडौं ल्याइएको हाे ।

रविन्द्र थापाले जाहेरी दिएको चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनले थापालाई गत मंसिर २२ गते एक करोड २५ लाख बिगो जरिवाना र १७ दिन कैद सजायको फैसला सुनाएको थियो । यस्तै रविन्द्रकै जाहेरीको अर्को मुद्दामा अदालतले उनलाई ७५ लाख बिगो जरिवाना र १३ दिन कैद सजाय तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: