छोरा–बुहारीको आँखा छलेर आमाबाबुले गरे नातीको डीएनए टेस्ट « Nagarik Khabar

छोरा–बुहारीको आँखा छलेर आमाबाबुले गरे नातीको डीएनए टेस्ट



एजेन्सी । एक व्यक्तिलाई आफू बाबु बन्न पाएकोमा भएको खुसी एकाएक तनावमा बदलिएको छ । उनका आमाबाबुले उनकी पत्नीको चरित्रमाथि प्रश्न उठाउँदै गोप्य रुपमा उनको बच्चाको डीएनए परीक्षण गराए पछि उनी आश्चर्यमा परेका हुन् ।

ती व्यक्तिका आमाबाबुले उनकी पत्नीलाई शुरुदेखि नै मन पराइरहेका थिएनन् । बच्चाको जन्म पछि पनि बुहारीमाथि सासु ससुराको शंका कायमै रहेको थियो । उनीहरुले यसै शंकाको आधारमा छोरा–बुहारीको आँखा छलेर डीएनए टेस्ट गराएका थिए ।

अमेरिकामा घटेको यस घटना मिररले छापेको छ । मिरर पत्रिकाको रिपोर्टका अनुसार ती व्यक्तिले आफू आफ्नी पत्नीसँग एक रेस्टुरेन्टमा भेटेको र त्यहाँ उनी बेट्रेसको रुपमा काम गर्ने गरेको बताएका छन् ।

उनीहरु बीच उक्त रेस्टुरेन्टमा नै प्रेम भएको थियो । त्यसपछि केटाले ती युवतीलाई आफ्ना बाबुआमासँग भेट गराएका थिए । बाबुआमाले भने ती युवतीलाई स्वीकारेका थिएनन् । उनले आफ्ना केही साथीभाइहरुलाई मात्र बोलाएर विवाह गरेका थिए ।

दुई वर्षपछि उनीहरुको एक बच्चा भयो र ती शिशुलाई लिएर उनीहरु फेरि आमाबाबुको घर गएका थिए । बच्चा देखेर उनका बाबुआमा खुसी भएका थिए । एक दिन बच्चासँग खेल्दाखेल्दै उनकी आमाले सानो बालकसँग आफूले उनको परीक्षण गरेको तर बालक वास्तवमै आफ्नो छोराको नै अंश भएको बताइरहेकी थिइन् । त्यतिकैमा बालकका बाबु पछाडि उभिइरहेका थिए ।

आमाले आफ्नो बच्चासँग भनेको कुरा ती व्यक्तिले सबै सुनेपछि छाँगाबाट खसे झैं भए । उनकी आमाले पहिले माफी मागिन् र सबै बेलिविस्तार सुनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: