सेल्फी रोडमा यौन क्रियाकलाप गरिरहेको एक जोडीलाई स्थानीयले देखेपछि… « Nagarik Khabar

सेल्फी रोडमा यौन क्रियाकलाप गरिरहेको एक जोडीलाई स्थानीयले देखेपछि…



काठमाडौं । प्रहरीले पथरी शनिश्चरे नगरपालिका-२ मा रहेको सेल्फी रोडमा यौन क्रियाकलापमा लिप्त भइरहेको एक जोडीलाई पक्राउ गरेको छ ।

रोड किनारमा गत भदौ ३० गते अपरान्ह साढे ४ बजेको समयमा यौन क्रियाकलापमा संलग्न भइरहेको एक अधबैसे जोडीलाई स्थानियले देखेपछि प्रहरीलाई खबर गरेपछि उनीहरुलाई इलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई अटो सहित सेल्फी रोडबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा उर्लाबारी स्थायी ठेगाना भएका आटो चालक वर्ष ४० का पुरुष रहेका छन् भने पथरी शनिश्चरे नगरपालिका स्थायी ठेगाना भएकी वर्ष ३२ की महिला रहेको प्रहरीको भनाई छ ।

प्रहरीको अनुसार उर्लाबारी स्थित मंगलबारेबाट अटोमा चढेर पथरी शनिश्चरे घर हिडेकी ति महिला र अटो चालक सो स्थानमा पुगेपछि यौनक्रियाकलापमा संलग्न भएको पाइएको हो । मादक पदार्थ सेवन गरेका दुवैले महिलालाई घर पुर्‍याउने क्रममा सो क्षेत्रमा यौन क्रियाकलाप गरिरहेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई सार्वजनिक स्थलमा अश्लिल क्रियाकलापमा संलग्न भएको आरोपमा अभद्र व्यवहारमा मुद्दा दर्ता गरी कार्वाही अगाडी बढाएको जनाइएको छ । स्थानिय चौतारी सामुदायिक वन क्षेत्रमा पर्ने सो रोड करिब ढेड वर्ष अघिदेखि सामाजिक संजाल टिकटक लागि गन्तव्य स्थल बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: