भरतपुर महानगरमा माओवादी नेता–कार्यकर्ताले गरे छलाङमा अघि बढ्ने प्रतिवद्धता « Nagarik Khabar

भरतपुर महानगरमा माओवादी नेता–कार्यकर्ताले गरे छलाङमा अघि बढ्ने प्रतिवद्धता



चितवन । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भरतपुर महानगर कमिटीकोे विस्तारित बैठक मंगलबार सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै चितवन जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले माओवादी पार्टीलाई शसक्त र जनप्रिय पार्टी निर्माण गर्नुपर्ने बताए ।

उनले देशकै ठूलो पार्टी बनाउन पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह गर्दै पार्टीको निर्णय बमोजिमका कार्यक्रमहरू ल्याउन निर्देशन दिए । तोकिएकै मितिभित्र पार्टी कमिटीहरूको बैठक तथा भेलाहरू सम्पन्न गरिसक्न आग्रह गरे । पाटीलाई नयॉ गतिका साथ अगाडि बढाउन पार्टी हेडक्वाटरको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको भन्दै ती निर्णयहरुलाई उर्जाका साथ अगाडि बढाउन निर्देशन समेत दिए । पार्टी जनताबाट टुट्न नहुने भन्दै इन्चार्ज भट्टराईले जनता केन्द्रित भएर काम गर्न आग्रह गरे ।

बिस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी इन्चार्ज रेनु दाहालले सम्पूर्ण सहभागी पार्टी नगर कमिटीका सदस्यहरूलाई पर्टीलाई गति दिनेगरी योजनाबद्ध ढंगले योजना बनाएर गाउँगाउँमा जान आग्रह गरिन् ।

नगर इन्चार्ज दाहालले आपसी अस्वस्थ प्रतिस्पर्धा, आक्रोस, कुन्ठाले पार्टी निर्माण गर्नै नसक्ने बताउँदै यसले गुटबन्दीलाई मात्र प्रश्रय दिने हुँदा त्यस्ता गतिविधिहरू सबैले छोडेर एक ढिक्का बनाएर पार्टी निर्माण गर्न कार्यकर्ताहरूलाई आग्रह गरिन् । पार्टीले योग्यता क्षमता र योगदानको आधारमा उपयूक्त जिम्मेवारी दिने बताउँदै कोही कसैको गुनासो नआउने गरी पार्टी गतिविधिमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरिन् ।

माओवादी केन्द्र सचिवालय, प्रदेश कमिटी र जिल्ला कमिटीहरूको बैठकको निर्णयअनुसार सम्पूर्ण पालिकाहरूको पालिका र वडा र टोल कमिटीहरूको भेला, कमिटी गठन तथा पुनर्गठन असोज १५ गतेसम्म गरिसक्ने निर्णय भएसंगै माओवादी केन्द्र चितवनले जिल्लाका ७ वटै पालिकाहरूमा पालिका, वडा र टोल कमिटीहरूका साथै जनवर्गीय र पेसागत समितिहरूको मेलामा केन्द्रित भएको छ। मंगलबार नगर कमिटीका अध्यक्ष ईश्वर सापकोटा ‘सुमन’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले वडागत रिपोटिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: