एकीकृत समाजवादीप्रति गोकुल बास्कोटाको कटाक्ष « Nagarik Khabar

एकीकृत समाजवादीप्रति गोकुल बास्कोटाको कटाक्ष



काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा (एकीकृत समाजवादी) पार्टीको नामलाई लिएर ब्यंग्यात्मक कटाक्ष गरेका छन ।

नेकपा एमालेबाट अलग्गिएर बनेको एकीकृत समाजवादी प्रति बास्कोटाले गरेको ब्यंग्यात्मक कटाक्ष पार्टीको नाम र अर्थसंग केन्द्रित छ ।

सामाजिक सञ्जाल ट्विटरमा एमाले नेता बास्कोटाले माधव नेपाल नेतृत्वको दल नेकपा(एकिकृत समाजवादी) लाई कांग्रेसको पुच्छर भनेका छन ।

एमाले नेता बास्कोटाले ट्विट गरेका छन, ‘जुन गोरुको सिङ छैन, त्यसको नाम तिखे ? जसले पार्टी चोइट्यायो, त्यसको नाम एकीकृत ? जो कांग्रेसको पुच्छर बनेको छ, त्यो समाजवादी ?’, बाँस्कोटाले ट्विट गरेका छन्। ‘त्यस्तो नक्कली पार्टीमा लागेर दुईदिने जिन्दगी एकबारको जुनी बिताउनुभन्दा सोझै कांग्रेस प्रवेश गर्नु राम्रो होला। किनभने दुईपल्ट के पार्टी प्रवेश गर्नु ? ह्या एस !’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: