आज मन्त्रिपरिषद् विस्तार, डा. खड्का परराष्ट्र मन्त्री « Nagarik Khabar

आज मन्त्रिपरिषद् विस्तार, डा. खड्का परराष्ट्र मन्त्री



काठमाडौं । आज मन्त्रिपरिषद विस्तार हुने भएको छ ।

सत्तारुढ गठबन्धनका दलहरुको मंगलबार बसेको बैठकले नेपाली काग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाउने निर्णय गरेसंगै आज मन्त्रिपरिषद विस्तार हुने निश्चित बनेको हो ।

मन्त्रीमण्डलमा भागबण्डा मिलाउन मंगलवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो ।

डा. खड्काले आज पद तथा गोपनियताको सपथ लिने बालुवाटार स्रोतले जनाएको छ ।

अन्य मन्त्रालयबारे गठबन्धनका दलहरुबीच कुनै सहमति हुन सकेको छैन । मंगलवार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउबाबीच गठबन्धनमा रहेका चार दलहरुको बैठक डाक्ने छलफल भएको थियो ।

लामो समय बितिसक्दा पनि मन्त्रीमण्डल विस्तारको काम पुरा गर्न नसक्दा सत्तारुढ गठबन्धनको चौतर्फी आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: