गएरातीको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध « Nagarik Khabar

गएरातीको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध



चितवन । चितवनको घोप्टे भीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–४ घोप्टे भीरमा गएराती पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो।

आज बिहान ५ बजेबाट पहिरो पन्छाउन सुरु गरिएको चितवन ट्राफिकले जानकारी दिएको छ ।

आज दिउँसोसम्ममा सडक सञ्चालनमा आउने ट्राफिक प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि गएरातीदेखि नै जाममा परेका सवारी साधनको दुवैतर्फ लामो लाइन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: