प्रदेश २ का डिआजीको नाममा पैसा उठाउने महिला पक्राउ « Nagarik Khabar

प्रदेश २ का डिआजीको नाममा पैसा उठाउने महिला पक्राउ



काठमाडौँ । विभिन्न काम गराइदिने भन्दै प्रदेश २ का प्रहरी नायब महानिरीक्षक (डिआइजी)को नाममा पैसा उठाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । डिआइजी उमेश रञ्जिकारको नाममा पैसा मागेको अडियो विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएपछि सर्लाहीकी सुशीला थापालाई प्रहरीले पक्रउ गरेको हो ।

यसअघि थापाले डिआइजी रञ्जितकारमार्फत प्रहरी स्कुल गरुडामा शिक्षक पदमा स्थायी गराइदिने भन्दै पर्साका उदासकुमार पाण्डेसँग पैसाको मोलमोलाई गरेको अडियो सार्वजनिक भएको थियो ।

सर्लाही लालबन्दी नगरपालिकाकी थापाले डिआइजी रञ्जितकारको नाम जोडेर आर्थिक लाभ गर्ने उद्देश्यका लागि काम गर्न खोजेका उनलाई पक्राउ गरी हाल रौतहट गरुडास्थित इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृण प्रसाईंले जानकारी दिए । प्रकाउ परेकी महिलउपर कसुरअनुसारको कानुनी कारबाही हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: