जसपाले हुम्लामा सुरु गर्‍यो ‘सुज’ अभियान « Nagarik Khabar

जसपाले हुम्लामा सुरु गर्‍यो ‘सुज’ अभियान



हुम्ला । जनता समाजवादी पार्टी (जसपा) हुम्लाले संगठन सुदृढीकरण तथा जनजागरण ‘सुज’ अभियान सञ्चालन गरेको छ । समाजवादी पार्टीले आजबाट चार महिनासम्म नियमित रुपमा ‘सुज’ अभियान सञ्चालन गर्ने जनाएको छ ।

पछिल्लो समय देशमा राजनीतिक अस्थिरता बढेको तथा सरकार पनि दिगो हुन नसकेपछि केन्द्रीय निर्देशन अनुसार जिल्ला कमिटी हुम्लाले उक्त कार्यक्रम सञ्चालन गरेको जसपाका जिल्ला सचिव भैरवबहादुर शाहीले बताए ।

अभियानमा जिल्ला पार्टी कमिटीले प्रत्यक्ष कार्यकारिणी राष्ट्रपति प्रणालीको व्यवस्था गर्नु पर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली व्यवस्थापन गर्नुपर्ने माग राख्दै उक्त अभियान थालिएको जिल्ला अध्यक्ष धर्मराज बोहराले बताए । सिमकोट बजारमा र्‍याली निकाल्दै उक्त अभियानको सुरुवात गरिएको बोहोराले जानकारी दिए ।

जसपाका केन्द्रीय सदस्य विर्जन शाहीको प्रमुख आतिथ्यमा सञ्चालन भएको अभियान गाउँ तथा टोलहरूमा पनि सञ्चालन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: