संविधान त्रुटिपूर्ण हुँदा राजनीतिक अस्थिरता बढ्यो : महन्थ ठाकुर « Nagarik Khabar

संविधान त्रुटिपूर्ण हुँदा राजनीतिक अस्थिरता बढ्यो : महन्थ ठाकुर



काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् ।

सोमबार लोसपा महिला नेतृत्वहरुले जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् ।

संविधान त्रुटिपूर्ण हुँदा राजनीतिक अस्थिरता बढेको ठाकुरको भनाइ थियो । “यहाँ संविधानमै त्रुटि छ,” उनले भने,“यसकै कारण राजनीतिक अस्थिरता बढ्यो ।”

उनले देशमा राजनीतिक अस्थिरता रहेपनि मधेशको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरिएको जानकारी दिए ।

अध्यक्ष ठाकुरले अन्तरिम संविधानले दिएको अधिकारसमेत कटौती गरेकाले संविधान संशोधन गर्नुपर्ने अडानमा आफ्नो पार्टी रहेको पनि स्पष्ट पारे । “नयाँ संविधानले अन्तरिम संविधानले दिएको अधिकारसमेत खोस्यो । त्यसैले यसको संशोधन हुनैपर्छ भन्नेमा मेरो पार्टी छ,” ठाकुरले भने ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: