सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै « Nagarik Khabar

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै



काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दा पेसी चढेको छ । पूर्णिमाया लामालगायतले दायर गरेको मुद्दाको सुनुवाइका लागि बुधबार संवैधानिक इजलासमा पेसी तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पहिलो नम्बरमै सुनुवाइका लागि पेसी तोकिएको हो ।

मुद्दाको सुनुवाइका लागि पटक–पटक पेसी तोकिँदै आए पनि स्थगित हुँदै आएको छ । यस्तै, सोही मुद्दासँग जोडिएको कनकमणि दीक्षितको अदालत अवहेलनासम्बन्धी मुद्दालाई पनि एकैसाथ राखिएको छ ।

द्वन्द्वकालमा भएको एक हत्यामा सभामुख सापकोटाविरुद्ध अनुसन्धान हुनुपर्ने माग गर्दै २०६८ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । ्

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: