परराष्ट्रमन्त्री खड्काको शपथ बदर गर्न परेको रिट ‘हेर्न नभ्याइने’मा « Nagarik Khabar

परराष्ट्रमन्त्री खड्काको शपथ बदर गर्न परेको रिट ‘हेर्न नभ्याइने’मा



काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काको शपथ बदर गर्न माग गर्दै दायर रिटको सुनुवाइ आज नहुने भएको छ । सर्वोच्च अदालतले शपथ ग्रहणसम्बन्धी रिटलाई ‘हेर्न नभ्याइने’मा राखेको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ तोकिएकोमा सर्वोच्चले हेर्न नभ्याइने जनाएको हो ।

गत ६ असोजमा खड्काले परराष्ट्रमन्त्रीका रुपमा राष्ट्रपतिसमक्ष लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट परेको हो । कानुनी व्यवस्थाबिना नै मन्त्री खड्काको शपथ भएको भन्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

रिटमा संविधानको धारा ८० अनुसार संघीय कानुन बनाएर मात्र शपथको व्यवस्था गर्न माग गरिएको छ । रिटमा शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम गर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: