प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक असोज १९ गते « Nagarik Khabar

प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक असोज १९ गते



काठमाडौँ । प्रतिनिधिसभाको बैठक १९ असोजमा बस्ने भएको छ । बिहीबार बसेको बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा बढेर सभामुख अग्निप्रसाद सापकोटाले सुनाएका थिए ।

साथै महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको छ ।

सभामुख सापकोटाले एमालेका सांसदहरूको नाराबाजीबीच बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए । बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभा अर्को बैठक १९ असोजमा बस्ने जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: