एमाले विधान महाधिवेसन (LIVE) « Nagarik Khabar

एमाले विधान महाधिवेसन (LIVE)



ललितपुर । नेकपा एमालेको पहिलो विधान महाधिवेसन सनराइज हल गोदावरीमा औपचारिक रुपमा सुरु भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली हलमा प्रवेश गरेसँगै महाधिवेसनको औपचारिक कार्यक्रम सुरु भएको हो ।

राष्ट्रिय महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाउँदै आएको एमालेले यसपटक भने नीति तय गर्न अलग्गै विधान महाधिवेशनको गर्न लागेको हो ।

महाधिवेशन ललितपुरको गोदावरीमा तीन दिनसम्म चल्ने छ । महाधिवेशन मुल आयोजक समितिका अनुसार ७ हजार क्षमताको हल व्यवस्थापन गरिएको छ ।

महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सांगठनीक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव पेश हुनेछन । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो सवा १२ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

एमालेले विधान महाधिवेशन प्रतिनिधिहरुलाई सातदोबाटोबाट महाधिवेशन स्थलसम्म बसमा लैजाने व्यवस्था मिलाएको छ । त्यस्तै प्रतिनिधिहरुलाई बिहान हाइजेनिक खाना र दिउँसो खाजाको व्यवस्था गरिएको व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

तीन दिनसम्म चल्ने विधान महाधिवेशनको उद्घाटन सत्रलाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । बन्दसत्रमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

प्रतिवेदनहरुमाथि समूहगत छलफल हुने र समूहका नेताबाट निष्कर्ष प्रस्तुत् हुनेछ । समूह नेताहरुबाट आएको सुझावका आधारमा प्रतिवेदन पारित गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: