प्रदेश २ : एमाले संसदीय दलको नेतामा मण्डल चयन « Nagarik Khabar

प्रदेश २ : एमाले संसदीय दलको नेतामा मण्डल चयन



काठमाडौँ । नेकपा (एमाले) प्रदेश २ संसदीय दलको नेतामा पुनः सत्यनारायण मण्डल चयन भएका छन् ।

प्रदेश संसदीय दलको नेतामा मण्डल भएका हुन् । मण्डल यसअघि पनि एमाले संसदीय दलको नेता थिए । यस्तै, बैठकले प्रमुख सचेतकमा किशोरी साह‘कमल’लाई चयन गरेको छ ।

अदालतले एमाले र नेकपा (माओवादी केन्द्र)लाई ब्युँताइदिएपछि माधवकुमार नेपाल समूहका शत्रुधन महतो एमाले संसदीय दलको नेतामा मण्डलपछि चयन भएका थिए । माधन नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेपछि एमाले संसदीय दलको नेतामा मण्डलले नै निरन्तरता पाएका छन् ।

प्रदेश २ मा एमालेका २१ सांसद् थिए । जसमध्ये १३ जना एकीकृत समाजवादीमा गएका छन् । हाल प्रदेश २ प्रदेशसभामा एमालेका ८ जना सांसद् छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: