एमालेमा थपियो वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद, अब पदाधिकारी संख्या १५ « Nagarik Khabar

एमालेमा थपियो वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद, अब पदाधिकारी संख्या १५



काठमाडौं । नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपिएको छ । गोदावरीमा जारी समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो ।

विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । समूहगत छलफलपछि जवाफ दिनेक्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए ।

अब एमालेमा पदाधिकारी संख्या १५ हुने भएको छ । उनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: