एमालेमा पराजित नेता सोही पदमा मनोनित हुन पाउने « Nagarik Khabar

एमालेमा पराजित नेता सोही पदमा मनोनित हुन पाउने



काठमाडौँ । एमालेमा पराजित नेता सोही पदमा मनोनित हुन पाउने भएका छन् । एमालेको विधान महाधिवेशनको हलले पराजित नेतालाई सोही पदमा मनोनीत हुन नपाउने गरी विधानमा राख्न माग गरेको थियो । तर, नेतृत्वले त्यसलाई अस्वीकार गरेको छ ।

अब एमालेमा निर्वाचनमा उठेर पराजित भएका व्यक्ति आफू उठेकै पदमा मनोनित हुन पाउने भएका छन् । जस्तै, केन्द्रीय सदस्यमा हारेको नेता पछि त्यही पदमा मनोनित हुन पाउने भएका छन् ।

एमालेमा कोषाध्यक्ष राख्न विधान महाधिवेशन हलले माग गरेको थियो । तर, आर्थिक विभाग प्रमुख नै कोषाध्यक्ष हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: