एमालेको अवरोधपछि संसद बैठक असोज २२ गतेसम्मका लागि स्थगित « Nagarik Khabar

एमालेको अवरोधपछि संसद बैठक असोज २२ गतेसम्मका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज २२ गतेसम्मका लागि स्थगित भएको छ ।

संसद बैठक सुरु हुनासाथ एमाले सांसदहरुले रोष्टम घेर्दै नाराबाजी गरेपछि संसद अवरुद्ध भएको थियो । अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए ।

सभामुख सापकोटाले एमालेका सांसदहरुले नाराबाजी निरन्तर गरिरहेपछि बैठक २२ गते बस्ने गरी स्थगित भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: