जसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई (भिडियाे) « Nagarik Khabar

जसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई (भिडियाे)



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको जसपा संसदीय दलको बैठकले सरकारमा सहभागी हुन पार्टीलाई चारवटा मन्त्रालयको जिम्मा आएको भन्दै मन्त्रालयलमा पठाउने व्यक्तिको चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको जसपा सांसद राजकिशोर यादवले जानकारी दिए ।

उनले जसपाको भागमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि मन्त्रालय , संघीय मामिला मन्त्रालय र वन मन्त्रालय परेको बताए । बैठकमा अध्यक्ष उपेन्द्र यादवले मन्त्रिमण्डल बाँडफाडका बिषयमा गठबन्धनमा भएको छलफलका बारेमा जानकारी गराएका थिए । पार्टीको भागमा चारवटा मन्त्रालय परेको र आकांक्षी धेरै रहेकाले समावेशी र मुल्याङ्कनका आधारमा मन्त्री चयन गर्ने अधिकार अध्यक्षलाई दिएको यादवले बताए ।

यसअघि मंगलबार बसेको गठबन्धनदलका शीर्ष नेताको बैठकले मन्त्रिमण्डल बाँडफाडको संख्या टुङ्गो लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: