बुटवलमा उद्योग वाणिज्य संघले सञ्चालनमा ल्यायो सहुलियत बजार (भिडियाे) « Nagarik Khabar

बुटवलमा उद्योग वाणिज्य संघले सञ्चालनमा ल्यायो सहुलियत बजार (भिडियाे)



बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले दसैँका लागि बिहीबारदेखि सस्तो बजार सञ्चालन ल्याएको छ ।

संघले दसैँलाई लक्षित गरेर सर्वसाधरणलाई सहज होस् भन्ने हेतुले बुटवलको बालमन्दिर परिसरमा सस्तो बजार सञ्चालनमा ल्याएको हो ।

सर्वसाधारणको सहजतामा लागि सस्तो बजारमा नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटही, साल्ट ट्रेडिङ्, डिडिसी, चिनीलगायतका अति आवश्यक वस्तुसहितका स्टलहरु राखिएको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी दिए।

उनले सस्तो बजारमा नाफा कमाउन नभई जनतालाई सहुलियत दिने हिसाबले सञ्चालन गरिएको जानकारी दिए । त्यस्तै, कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाहीले चाडवाडको समयमा सञ्चालनमा आएको सस्तो बजारले केही हदसम्म भए पनि सर्वसाधारणलाई सहज हुने विश्वास व्यक्त गरे ।

सस्तो बजार बिहिबारदेखि अर्थात असोजको २१ गते घटस्थापनादेखि २५ गते पञ्चमीको दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: