विष्णु इङ्नामले सार्वजनिक गरे ‘हङकङ सिटी’ (भिडियो) « Nagarik Khabar

विष्णु इङ्नामले सार्वजनिक गरे ‘हङकङ सिटी’ (भिडियो)



काठमाडौं । गीतकार विष्णु इङ्नाम लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । उनी लामो समयदेखि हङकङमा बस्दै आएका छन् । गीतकार इङ्नामले यसपटक हङकङकै परिवेशलाई समेटेर ‘हङकङ सिटी’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतको भिडियो भने आज (सोमबार) गीतकार इङ्नामकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । ‘हङकङ सिटी’ गीतको भिडियोलाई पछिल्लो समय व्यस्त निर्देशनमा रहेका रणवीर शेर्मा (रवि शेर्मा)ले निर्देशन गरेका हुन् ।

नेपालमै छायांकन गरिएको भिडियोमा तान्छोहाङ इङ्नाम, लक्ष्मी योङहाङ लिम्बू र नीतु मादेनले अभिनय गरेका छन् । ‘हङकङ सिटी’मा स्वर तथा संगीत साक्थिम योङ्याको रहेको छ । चन्दु गोर्खालीको एरेञ्ज, सामुइलले लामाको छायाँकन रहेको यस भिडियोलाई इशक जबेगुले सम्पादन गरेका हुन् ।

गीतकार इङ्नामको यो पछिल्लो गीतको भिडियो हो । यसअघि उनले थुप्रै गीत तथा भिडियो दर्शक तथा श्रोतमाझ ल्याइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: