संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा तालिबानलाई महिला, बालिकाको अधिकार पालना गर्ने बाचा पूरा गर्न आग्रह « Nagarik Khabar

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा तालिबानलाई महिला, बालिकाको अधिकार पालना गर्ने बाचा पूरा गर्न आग्रह



एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तालिबानलाई महिला र बालिकाहरुको अधिकार पालना गर्ने आफ्नो वाचा पूरा गर्न आग्रह गरेका छन् ।

महासचिव गुटेरेसले भनेका छन् “तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि विभिन्न समयमा (अफगान नागरिकहरू, महिला, बालबालिका, अल्पसंख्यक समुदाय, पूर्व सरकारी कर्मचारीहरु सहित)उनीहरु आफ्नो अधिकारको रक्षा गर्ने वाचा गरेका छन्।” त्यो पूरा हुनुपर्छ ।

“म तालिबानलाई दृढतापूर्वक अपिल गर्दछु कि महिलाहरू र बालिकाहरूसँग आफ्नो प्रतिज्ञाहरू पूरा गर्नुहोस् र अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानुन अन्तर्गत आफ्नो दायित्व पूरा गर्नुहोस्, गुटेरेसले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: